आइतवार, श्रावण २४ गते २०८३

करण सिंहको चलचित्रमा पल शाह अनुबन्ध, माघमा फ्लोरमा जाँदै

शनिवार , मंसिर ४, २०७८

काठमाडौं। निर्माता करण सिंहले बनाउन लागेको चलचित्रमा लोकप्रिय नायक पल शाह अनुबन्ध भएका छन्।

लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय  सिंहले बनाउन लागेको नयाँ चलचित्रको नाम केहि दिनमा घोषणा गरिने छ। यस्तै चलचित्रका लागि पल शाहसंग सम्झौता भएपनि अन्य कलाकार तथा प्राबिधिक टिमको छनोट गर्ने काम भइरहेको सिंहले बताए।

माघको अन्तिम साता फ्लोरमा निस्कने चलचित्रको डिजिटल राइट डिआर मुभिजले खरिद गरेको छ। चलचित्रको नाम केही दिनमा औपचारिक रुपमा सार्वजनिक गरिनेछ। (आरकेएस) इन्टरटेन्टमेन्टको ब्यानरमा बन्ने ‘लभस्टोरी’ चलचित्रको कथा सिंहकैछ भने पटकथा अभिमन्यु निरवीको रहनेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार