मंगलवार, आश्विन १३ गते २०८३

प्रधानमन्त्रीसहित नेताहरुको उपस्थितिमा रामदेवले नेपालमा टिभी खोलेपछि भीम रावलले यसो भने

शनिवार , मंसिर ४, २०७८

काठमाडौं। भारतिय योगगुरु बाबा रामदेवले शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवासहित नेताहरुको उपस्थितिमा धुमधामसंग नेपालमा २ वटा टेलिभिजन संचालनमा ल्याएका छन्। उनको टेलिभिजन उद्घाटन समारोहमा नेताहरुको बाक्लो उपस्थिती थियो।

हिजो रामदेवको दुई टेलिभिजन च्यानल प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए भने सो क्रममा रामदेवलाई जग्गा उपलब्ध गराउने घोषणा समेत गरेका थिए । सो कार्यक्रममा प्रचण्ड, माधव नेपाललगायतका नेताहरुको लर्को लागेको थियो ।

तर नेकपा एमाले उपाध्यक्ष भीम रावलले भारतीय बाबा रामदेवलाई टिभी खोल्न दिनु कानूनको निर्लज्ज उल्लंघन भएको बताएका छन्। नेपालले कानूनले विदेशी लगानी गर्न रोकेको आम सञ्चारमाध्यम टिभी भारतीय योगगुरूलाई सञ्चालन गर्न दिनु देशकै कानूनको निर्लज्ज उल्लंघन भएको रावलको टिप्पणी छ। 

‘प्रम देउवा, प्रचण्ड र माधव नेपालले कानूनले विदेशी लगानी गर्न रोकेको आम सञ्चारमाध्यम टिभी भारतीय योगगुरूलाई सञ्चालन गर्न दिनु, त्यसको उद्घाटन गर्नु विदेशीको चाकरी गर्न देशकै कानूनको निर्लज्ज उल्लंघन ह’, रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस्तै दृष्टि र मानसिकता भएकाहरू एमसीसीका राष्ट्रघाती प्रावधान नदेखेझैं गर्छन्।’

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार