शुक्रवार, कार्तिक ७ गते २०८३

सांसद उपस्थित नहुँदा हुन सकेन प्रस्तावित राजदुतहरुको सुनुवाई

आइतवार , मंसिर ५, २०७८

काठमाडौं। सांसदहरु उपस्थित नुहँदा संसदिय सुनुवाई समितिमा प्रस्तावित राजदुतहरुको सुनुवाई रोकिएको छ। सांसदहरू अनुपस्थित भएर संसदीय सुनुवाइ समितिमा कोरम नपुग्दा भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रभावित भएको हो।

आइतबार ११ बजेका लागि समितिको बैठक बोलाइएको थियो। तर, समितिमा बुहमत सांसद उपस्थित नभएपछि सुनुवाइका लागि झण्डै एक घण्टा कुरेर प्रस्तावितहरू फर्केका छन्। अब सुनुवाइका लागि आउँदो १७ गतेका लागि बैठक बोलाइएको छ। १५ सदस्यीय समितिमा चारजना मन्त्री भएका कारण सदस्य नरहेपछि हाल समिति ११ सदस्यीय छ।

त्यसमध्ये कोरम पुग्न कम्तिमा ६ जना चाहिन्थ्यो। तर आइतबारको बैठकमा एमालेका सुरेन्द्र पाण्डे, निरुदेवी पाल, माओवादीका अमृता थापा, देव गुरुङ र समिति सभापति समेत रहेका लोसपाका लक्ष्मणलाल कर्ण मात्र उपस्थित भएका थिए। समितिका सभापति कर्णले पार्टीहरूको महाधिवेशन चलिरहेकाले आउँछु भनेकाहरू पनि नआएपछि कोरम नपुगेर बैठक स्थगित भएको जानकारी दिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार