काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युद्धका बेला भएका कमजोरीहरुको छानविन गरी सत्यतथ्य सर्वाजनिक गर्ने प्रतिवद्धता जनाएका छन्।
वृहत शान्ति सम्झौतामा हस्ताक्षर भएको १५ वर्ष पूरा भएको अवसरमा विज्ञप्ती जारी गर्दै प्रचण्डले यस्तो प्रतिवद्धता जनाएका हुन्। उनले आजसम्मका राजनैतिक उपलब्धिहरूप्रति भने गर्व गरेको जनाएका छन्। तर युद्धको क्रममा भएका कमी-कमजोरीहरूको छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रतिबद्ध भएको उल्लेख गरेका छन्।
युद्धलाई शान्तिमा रुपान्तरण गर्ने काम सम्पन्न भएपनि सो समयमा घटेका घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न र पीडितहरुलाई परिपुरण गर्न अझै बाँकी रहेको उनले बताएका छन्।