शुक्रवार, कार्तिक ७ गते २०८३

बालिका फकाएर विवाह गर्ने पक्राउ

आइतवार , मंसिर ५, २०७८

काठमाडौं। बालिकालाई प्रलोभनमा पारी बाल विवाह गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। दैलेख प्रहरीले बालविवाह गर्ने जोडीलाई नै पक्राउ गरेको छ। पक्राउ पर्नेमा चामुण्डा विन्द्रासैनी नगरपालिका–२ बस्ने भक्तिराम कँडेल र एक बालिका रहेका छन्। 

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत दैलेखबाट ५ दिनको म्याद थपेर अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले जानारी दिए। बालिकालाई ललाफकाई प्रलोभनमा पारी बालविवाह गरी घरमा राखेको सूचनाका आधारमा उनिहरुलाई पक्राउ गरिएको प्रहरी प्रमुख शाहले बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार