शुक्रवार, कार्तिक ७ गते २०८३

‘साइबर सेना’को नाम फेरियो, अबदेखी ‘साइबर सर्कल’ 

सोमवार , मंसिर ६, २०७८

काठमाडौं। नेकपा (एमाले) को युवा संगठनअन्तर्गत रहने भनिएको ‘साइबर सेना’ को नाम फेरिएको छ। एमाले युवा नेता महेश बस्नेतले प्रस्ताव गरेको साइबर सेनाको नाम परिवर्तन गरेर ‘साइबर सर्कल’ बनाइने भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कलको ८ गते घोषणा गर्ने भएका छन्।

साइबर सर्कल युवासंघ अन्तर्गत एउटा विभागका रूपमा रहने पनि बस्नेतले बताए। स्नेतले सेना शब्दले द्वन्द्व र हिंसाको अर्थ दिने भएकाले नाम परिवर्तन गरिएको जानकारी दिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार