काठमाडौं। प्रहरी हिरासतमा रहेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई कर्मचारी संचयकोषले ऋण तिर्न ३५ दिने अल्टिमेटम दिएको छ। कर्मचारी सञ्चय कोषले सिभिल ग्रुपका अध्यक्ष तामाङ सहितको नाममा सार्वजनिक सूचना जारी गरी गरी ऋणको साँवा व्याज भुक्तानी गर्न आग्रह गरेको अल्टीमेटम दिएको हो।
इच्छराजले सिभिल इस्टेटसका अध्यक्ष इच्छाराज तामाङ सहित सञ्चालकहरु शिवलाल श्रेष्ट, केशवलाल श्रेष्ठ, विजय कुमार मुखिया र प्रविण मुखियाको नाम समेत सुचनामा प्रकाशित गरिएको छ। सुचनामा ३५ दिनभित्र सम्पुर्ण सावाँ, ब्याज, ब्याजमा लाग्ने जरिवाना र अन्य जरिवाना चुक्ता चुक्ता नगरे कोषले धितो लिलाम गरेर रकम असुल गर्ने बताएको छ।
कोषले धितोकोरुपमा रहेको सुन्धारास्थिति ६ रोपनी क्षेत्रफलमा रहेको सिटिसी मल र सो निर्माण गरिएको ८२ हजार ९५ वर्गफिट बारबरको पसल समेत लिलाम गर्ने जनाएको छ। इच्छाराज सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीका निक्षेपकर्तालाई संगठितरुपमा ठगि गरेको आरोपमा प्रहरी हिरासतमा रहेका छन्।