शुक्रवार, कार्तिक ७ गते २०८३

सिन्धुपाल्चोकमा आगलागीबाट तीन बालकको मृत्यु: यसरी भएको थियो आगलागी!

मंगलवार , मंसिर ७, २०७८

काठमाडौं। सिन्धुपाल्चोकमा आगलागिमा परि ३ बालकको मृत्यु भएको छ।

हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको हो। स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा सोमबार साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार