काठमाडौं। भारतको बरमपुरमा दुलही आफ्नी आमासँग दुलहाको घरमा धर्ना दिन पुगिन्। दुलहीले विवाहको दिन दुलहा जन्ती लिएर उनको घर नपुगेको आरोप लगाएकी छिन्। यसैकारण आफू सिधै दुलहाको घरमा जानु परेको उनले बताएकी छिन्।
भारतीय सञ्चार माध्यम आजतकमा प्रकाशित समाचार अनुसार यी दुईले केही दिन अघि अदालती विवाह गरेका थिए र दुबैको परिवारले विशेष व्यक्तिहरुको उपस्थितिमा पारम्परिक हिन्दु रिति-रिवाजमा पुन: विवाह गर्ने निर्णय गरेका थिए।
दुलहीका अनुसार उनको परिवारले जन्तीको घण्टौं प्रतिक्षा गरे। साथै दुलहीले थुप्रै पटक दुलाहालाई फोन र मेसेज पनि पठाइन्। उनका अनुसार दुलहाले न त फोन उठाए न मेसेजको जवाफ दिए, न उनको घरमा जन्ती नै आयो। त्यसपछि उनी आफ्नी आमासँग सिधै केटाको घरमा पुगिन् र धर्ना दिन थालिन्। सूचना पाएपछि प्रहरी दुलहाको घरमा पुगे र दुलहीलाई सम्झाउने प्रयास गरे। तर यी दुई प्रहरीमाथि नै खनिए र दुलहाको परिवारबाट घुस लिएको आरोप पनि लगाए।
यो मामिलामा बहरमपुरका एसपी पिनाक मिश्राका अनुसार महिलाले उनको विवाह सुुमित नामका युवकसँग भएको बताएकी छिन्। महिलाले पहिला पनि कुनै मामिलामा प्रहरीसमक्ष उजुरी दर्ता गरिसकेकी छिन्। युवतीले युवकविरुद्ध उनको परिवारविरुद्ध पुन: उजुरी दर्ता गरेकी छिन्। यसबारे अनुसन्धान सुरु भइसकेको छ। प्रहरीका अनुसार अदालतको निर्देशनको आधारमा कारवाही गरिनेछ। एजेन्सी।