शुक्रवार, आश्विन १६ गते २०८३

मेगा बैंकले मंसिर २८ गते ११औं वार्षिक साधारण सभा बोलायो

मंगलवार , मंसिर ७, २०७८

काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले मंसिर २८ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ। बैंकको मंसिर ६ गतेको सञ्चालक समितिको बैठकले नेपाल पज्ञा प्रतिष्ठान, काठमाडौंमा विहान ११:१५ बजे सभा गर्ने निर्णय गरेको हो।

सभाले गत आर्थिक वर्ष ०७७र७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम रुप दिनेछ। बैंकले यस वर्ष गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २ दशमलव शून्य ७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ।


सभाले बैंकसँगै बैंकको सहायक कम्पनी मेगा क्यापिटल लिमिटेडको समेत गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नेछ। हाल बैंकको चुक्तापूूँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार रुपैयाँ रहेको छ। सोही पूँजीको आधारमा बैंकले लाभांश वितरण गर्न लागेको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार