काठमाडौं। नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
अध्यक्ष ओलीलाई सर्वसम्मत बनाउने प्रयास जारी रहेको भन्दै नेम्बाङ आफू वरिष्ठ उपाध्यक्षको दाबेदार रहेको बताए। आकांक्षीहरूको संख्या बढेसँगै महाधिवेशन निर्वाचनतर्फ केन्द्रित भएका बेला नेम्बाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।