काठमाडौं। नेकपा एमालेका नेता महेश बस्नेतले भीम रावललाई अध्यक्षमा उम्मेदवारी दिने घोषणा फिर्ता लिन आग्रह गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता बस्नेतलले १०औं महाधिवेशनबाट ओलीलाई सर्वमान्य नेताको रुपमा अगाडि बढाउन चाहेको भन्दै उपाध्यक्ष रावललाई उम्मेदवारी नदिन आग्रह गरेका हुन्।
उपाध्यक्ष रावलको अध्यक्षमा उम्मेदवारी दिने घोषणाले राम्रो सन्देश नगएको भन्दै नेता बस्नेतले रावलले उम्मेदवारी फिर्ता लिएर महत्वपूर्ण भूमिकालाई निरन्तरता दिनु राम्रो हुने धारणा राखे।