शुक्रवार, कार्तिक ७ गते २०८३

गौर नगरपालिकामा अख्तियारको छापा किन ?

मंगलवार , मंसिर ७, २०७८

काठमाडौं। रौतहतको गौर नगरपालिकामा अख्तियारले छापा मारेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौतहटको सदरमुकाम गौर नगरपालिका छानबिन गरेको हो।

नगरपालिकाका योजनाहरूमा व्यापक अनियमितता भएको  उजुरी को आधारमा अख्तियार दुरुपयोग आयोग बर्दिबासको टोलीले झण्डै एक घण्टासम्म नगरपालिकामा फाइलहरू जाँच गरेको थियो।

गौर २ को शिवालय मन्दिर निर्माण र गौर ५ मा निर्माणाधीन कलाकुन्ज पुस्तकालयमा आर्थिक  हिनामिना लगायतका विषयमा आयोगमा परेको उजुरीको अनुसन्धानका लागि बर्दिबासको टोली गौर पुगेको आयोगले जनाएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार