काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अहिले प्रधानमन्त्री पदमा नभए पनि प्रधानमन्त्रीभन्दा कम नभएको बताएका छन्। कैलालीको भजनी नगरपालिकाको प्रशासकीय भवन उदघाटन कार्यक्रममा प्रचण्डले बुधबार सो अभिव्यक्ति दिएका हुन्।
आफूले भनेको नमान्दा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीको प्रधानमन्त्री पद गुमाउनु परेको बताउँदै प्रचण्डले यसपटक भने त्यसो नहुने बताए।
कार्यक्रममा प्रचण्डले भने, ‘हुन त अहिले म प्रधानमन्त्री छैन। तर प्रधानमन्त्रीभन्दा कम पनि छैन।’ ‘मैले भन्याजति केही काम नगर्ने कसम खाए केपी ओलीले। त्यही भएर उनी बालुवाटारबाट बालकोट पुगे। अहिले सातै प्रदेशबाट सरकारबाट हात धुनुपर्याछ।’