काठमाडौं। इजरायलले हवाई आक्रमण गर्दा कम्तीमा चार सिरियाली नागरिकको मृत्यु भएको छ। साथै सात जना घाइते भएका छन्। मध्य सिरियामा बुधबार बिहान भएको आक्रमणमा परी घाइते भएका अधिकांश सैनिकहरु रहेका आधिकारिक सिरियाली समाचार एजेन्सी सानाले जनाएको छ।
इजरायलले गरेको यस आक्रमणमा परी दुई सर्वसाधारण दुई सैनिकको मृत्यु भएको छ। छ सैनिक र एक नागरिक घाइते भएका सानाले जनाएको छ। आक्रमण देशको मध्य भागका स्थानहरूलाई लक्षित गरी गरिएको समाचार एजेन्सी सानाले जनाएको छ।
यस आक्रमणको अन्य विस्तृत विवरण उल्लेख गरिएको छैन। सिरियाको हवाई सैन्य बलले यस आक्रमणलाई पन्छाएर क्षेप्यास्त्रहरू खसालेको सानाले समाचार समितिले जनाएको छ।