शुक्रवार, कार्तिक ७ गते २०८३

नेपालगन्जमा जहाज अवतरण गर्दा स्याल ठोक्किएपछि...

बुधवार , मंसिर ८, २०७८

काठमाडौं। काठमाडौंबाट नेपालगन्ज आएको बुद्ध एअरको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा स्यालसंग ठोक्किन पुगेको छ। बुधबार बेलुका जहाज अवतरणको क्रममा धावन मार्गमै स्याल ठोक्किए मरेको छ।

बुधबार बेलुका ७ बजेर ५ मिनेटमा अवतरण गर्ने क्रममा धावनमार्गमा स्याल ठोक्किदा जहाजमा सामान्य क्षति पुगेको बुद्ध एअरको नेपालगन्जका व्यवस्थापक विनित शाहले बताए। 

बुद्ध एअरको एटिआर ७२ जहाज अवतरण गरेर धावनमार्गमा गुडिरहेका बेला स्याल ठोक्किएर मरेपनि जहाजमा रहेका सबै यात्रु भने नेपाल नागरिक उड्ययन प्राधिकरण नेपालगन्ज विमानस्थल प्रमुख सुभाष झाले बताए।

घटनापिछ धावनमार्गमा स्यालको शरीर टुक्राटुक्रा परेको अवस्थामा देखिएको छ। यससंगै जहाजको नोजल गेयरमा समस्या आएकाले चेकजाँच गर्न काठमाडौंबाट इन्जिनियरको टोली नेपालगन्ज पुगेको कार्यालयले जनाएको छ। 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार