आइतवार, श्रावण २४ गते २०८३

अन्तत: बहुप्रतिक्षित चलचित्र 'प्रेमगीत ३' को प्रदर्शन मिति तोकियो

बिहिवार , मंसिर ९, २०७८

काठमाडौं। बहुप्रतिक्षित चलचित्र प्रेमगीत-३ को प्रदर्शन मिति तय भएको छ। दर्शकमाझ निकै प्रतिक्षा रहेको चलचित्र प्रेमगीत-३ फागुन १३ गते प्रदर्शन गर्ने पक्का भएको हो। यस चलचित्रले नेपाली चलचित्र क्षेत्रलाई एउटा नयाँ ऊँचाईमा पुर्याउने बिश्वास लिएइको छ।

हिन्दीमा डबिङ्ग संगै सम्पादनको सम्पूर्ण काम सकिएपछि यसको पर्दशन मिति तोकिएको कार्यकारी निर्माता चक्र बहादुर चन्दले जानकारी दिए। चलचित्रका निर्देशक तथा निर्माता सन्तोष सेनले अभिनेता प्रदिप खड्का र कार्यकारी निर्माता चन्द यतीखेर मुम्बईमा बसेर आफ्नो रिलिज प्रकृयालाई समेत तिब्रता दिइरहेका छन्। 

कोरोना महामारीका कारण नेपाली चलचित्र क्षेत्र ठप्प प्राय रहँदा समेत चलचित्र ‘प्रेम गीत-३’ को भने मुम्बईमा धमाधम निर्माणको काम चलीरहेको थियो। प्रेमगित३ चलचित्रलाई वलिउडका चर्चित सम्पादक सञ्जय शुक्लाले सम्पादन गरेका हुन्। 

स्वर्गीय छेतन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गरेको फिल्ममा शिव श्रेष्ठ, प्रदीप खड्का, सुनिल थापा, माओत्से गुरुङ, सन्तोष सेन, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, योगिशा खत्री, जीवन भट्टराई लगायतको अभिनय रहेको छ। यो फिल्मबाट क्रिस्टिना गुरुङले भने नायिकाको रुपमा डेब्यू गर्दैछिन्।

फिल्मको कथा र पटकथा छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन्। फिल्मको छायाँकन राजेश श्रेष्ठ र पुरुषोतम प्रधान सम्पादन बनिश शाह र भूपेन्द्र अधिकारीले गरेका छन्। फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर दिय दिएका छन्। चक्रबहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्मातामा छन्। कुमार शान शाह र ओएसआर डिजिटल सहनिर्माता हुन्।

premgeet.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार