शुक्रवार, कार्तिक ७ गते २०८३

महाधिवेशन उद्घाटनले सार्वजनिक सवारी रोकिन हुन्न : एमाले

बिहिवार , मंसिर ९, २०७८

काठमाडौं। नेकपा एमालेले पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रमले गर्दा सर्वाजनिक सवारीको आवागमन बन्द गर्न नहुने बताएका छन्। उनले यसबारे स्थानीय प्रशासनले पार्टीसँग कुनै पनि छलफल नगरेको भन्दै शुक्रबार सवारी संचालन हुन पाउनु पर्ने बताएका छन्। 

उद्घाटन समारोहको पूर्वसन्ध्या नारायणी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले शुक्रबार सार्वजनिक यातायात चल्न पाउनुपर्ने बताए।

त्यस्तै उनले महाधिवेशनमा २ हजार १७५ जना प्रतिनिधि सहभागी हुने छन् भने १०३ जना पर्यवेक्षक रहनेछन्। यसपटक महाधिवेशनमा कूल ६२७ जना महिला प्रतिनिधि र दलित र उत्पीडित वर्गबाट २०९ जना प्रतिनिधि सहभागी रहेको बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार