मंगलवार, आश्विन १३ गते २०८३

यी १५ विदेशी नेता आउँदै छन् एमाले महाधिवेशनमा 

बिहिवार , मंसिर ९, २०७८

काठमाडौं। नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन विभिन्न देशबाट १५ नेता आएने भएका छन्। एमालेको निमन्त्रणा स्वीकार गरी ८ वटा विदेशी पार्टीका १५ जना नेताहरु उपस्थित हुने निश्चित भएको पार्टीले जनाएको छ।

महाधिवेशनको पूर्वसन्ध्यामा बिहीबार नेकपा(एमाले) विदेश मामिला विभागले काठमाडौंमा पत्रकार सम्मेलन गरी भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाबाट ८ वटा पार्टीका १५ जना पाहुनाहरू महाधिवेशनमा उपस्थित हुने निश्चित भएको बताएको हो।

यसका साथसाथै २५ वटा देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश प्राप्त भएको एमाले विदेश मामिला विभागका प्रमुख तथा महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईले जानकारी दिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार