सोमवार, आश्विन १२ गते २०८३

फिल्म ‘कठपुतली’ पुसमै रिलिज हुने

शुक्रवार , मंसिर १०, २०७८

काठमाडौं। हरर फिल्म ‘कठपुतली’ आगामी १५ पुस (डिसेम्बर ३०) मा रिलिज हुने भएको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर फिल्म रिलिज गर्न लागेको निर्देशक भीमसेन लामाले जानकारी दिए। ‘कठपुतली’ नेपालमा बनेका अन्य हरर फिल्मभन्दा भिन्न रहेको निर्देशक लामाको दाबी रहेको छ।

सम्पदा मल्लको लेखन रहेको फिल्मले हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा अवार्ड जित्न सफल भएको थियो। गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय रहेको फिल्मका पृथ्वी राना मगर निर्माता हुन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार