शुक्रवार, आश्विन १६ गते २०८३

सुनको मूल्यो बढ्यो‚ चाँदीको घट्यो, कति पुग्यो?

शुक्रवार , मंसिर १०, २०७८

काठमाडौं। सुनचाँदी बजारमा साताको अन्तिम कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला २०० रूपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९१ हजार ९०० रूपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९१ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो।

यस्तै‚ तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रूपैयाँ तोकिएको छ। बिहीबार प्रतितोला ९१ हजार २०० रूपैयाँ तोकिएको थियो। चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रूपैयाँले घटेर एक हजार २२५ रूपैयाँ तोकिएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन सुन तथा चाँदीका मूल्य तोक्ने गरेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९५ डलर आसपासमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार