सोमवार, श्रावण २५ गते २०८३

२४ घण्टामा २३७० संक्रमित थपिए, ११३३ जना संक्रमणमुक्त

सोमवार , आषाढ २८, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा २३७० जना कोरोना संक्रमित थपिएका छन् । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ११ हजार पाँच सय ८४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्।

त्यस्तै सोही अवधीमा एक हजार एक सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । भने संक्रमणबाट १८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४ सय पुगेको छ । 

काठमाडौंमा दुई सय ८९, भक्तपुरमा ५४ र ललितपुरमा ९० गरी उपत्यकाभित्र चार सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार