काठमाडौं। नेकपा एमालेको १०औं महाधिवेशनको बन्दशस्त्र सुरु भएको छ। चितवनको सौराहास्थित होटल सेभेन स्टारमा बन्द सत्र सुरु भएको हो। बन्द शस्त्र सुरु हुने स्थानमा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका संगै प्रतिनिधि पनि जान थालेका छन्।
बन्दशत्रको उद्घाटन सत्रमा एमाले महाधिवेशनको निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम छ। त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्नेछन्।
महाधिवेशनको बन्दशत्रले एमाले केन्द्रीय कमिटीको बैठकले शुक्रबार साँझ गरेको विधान संशोधनलाई पनि अनुमोदन गर्ने एक नेताले जानकारी दिए। बैठकले १०औं महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप गरेको थियो। आजै उम्मेदवारी मनोनयन गरिने तालिका रहेको छ।