काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी ओलीले नेता भीम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गरेका छन्। रावलले अध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए।
ओलीले छलफलमा रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिन सकिने प्रस्ताव राखेका हुन्। एमालेको महाधिवेशन अन्तरगत अहिले बन्दशत्र चलिरहेको छ।