सोमवार, श्रावण २५ गते २०८३

३ प्रदेशमा मंगलबारदेखि कोरोनाको खोप लगाइदैँ, क-कसले पाउँछन् हेर्नुहोस !

सोमवार , आषाढ २८, २०७८

काठमाडौँ । सरकारले मंगलबारदेखि बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भेरोसेल खोपको पहिलो मात्रा लगाउन सुरु गर्ने भएको छ ।

यी ३ प्रदेशमा खोप ५५ वर्षभन्दा माथिका नागरिक, सार्वजनिक यातायातका चालक र सहचालक, विश्विविद्यालय र विद्यालयका शिक्षक÷कर्मचारीलाई दिन लागेको हो ।

यसबाहेक विदेश जानेहरुलाई पनि खोप लगाइने जनाइएको छ । हाल वैदेशिक रोजगारीका लागी खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुको हकमा पासपोर्ट र भिसाको आधारमा खोप लगाइने जनाइएको छ ।

त्यस्तै, पूर्ण र अति अशक्त अपांगता (वर्ग क र ख) भएका नागरिकहरुलाई पनि खोप दिन लागिएको छ । खोप लिनका लागि सरकारले जारी गरेको प्रमाणपत्र देखाउनुपर्ने हुन्छ ।

यस्तै, अमेरिकी कम्पनी जोन्सनको खोप पनि अर्को चरणमा ५० देखि ५४ वर्ष उमेर समूहकालाई लगाइने स्वास्थ्य सेवा विभागले जनाएको छ । तर,यो खोप लगाउने मिति भने तय भइसकेको छैन ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार