काठमाडौं । जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। २७ जना घाइते भएका छन्।
नेपालगन्जबाट जाजरकोटको राडिबजार जाँदै गरेको ना ७ ख २७५७ नम्बरको रात्रि बस कुदु बराहचौक नजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए।
बस राति २ बजे दुर्घटनामा परेको उनको भनाइ छ। उनका अनुसार बसमा ३२ जना यात्रु सवार थिए। घाइते रहेका २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।