शुक्रवार, कार्तिक ७ गते २०८३

नेपालमा ‘ओमिक्रोन’ त्रास : जीन सिक्वेन्सिङका लागी ७५० नमुना पठाइयो

आइतवार , मंसिर १२, २०७८

काठमाडौं। कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ले नेपालमा पनि त्रास फैलाएको छ। दक्षिण अफ्रिकामा पुष्टि भएको ‘ओमिक्रोन’ नामक बी १.१.५२९ नयाँ भेरियन्ट केही देशमा समेत देखिएर सतर्कता अपनाइरहँदा नेपालले पनि जीन सिक्वेन्सिङ लागि पनि ७ सय ५० नमुना बेलायत पठाइएको छ।

नेपालमा ‘ओमिक्रोन’ छ कि छैन भनेर पुष्टि गर्न परीक्षणका लागी नमुना बेलायत पठाइएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले नयाँ भेरियन्ट भए/नभएको पत्ता लगाउन ७ सय ५० नमुना बेलायत पठाएको बताए।

नेपालमा जीन सिक्वेन्सिङका लागि ९६ वटा नमुना परीक्षणका क्रममा छन्। टेकुस्थित केन्द्रीय प्रयोगशालामा  जीन सिक्वेन्सिङका लागि मेसिनमा राखिएको उक्त नमुनाको नतिजा चार दिनमा आउने बताइएको छ। कोभिड-१९ को नयाँ प्रजाति ‘ओमिक्रोन’ भाइरस नेपाल भित्रिन नदिन सरकारले उच्च सतर्कता अपनाउने तयारी गरेको छ।

ओमिक्रोन भेरियन्टका केही संक्रमित हङकङमा समेत भेटिएको हुँदा सरकारले अबदेखि हङकङबाट आउनेहरूका लागि अनिवार्य क्वारेन्टाइन र परीक्षण गर्ने निर्णय भएको डा. पौडेलले बताए। सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि दक्षिण अफ्रिका लगायत ‘ओमिक्रोन’ भाइरस फैलिएका विभिन्न मुलुकबाट आउने यात्रुको स्वास्थ्य परीक्षण निगरानी बढाउने भएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार