शुक्रवार, आश्विन १६ गते २०८३

एमाले महाधिवेशन : बन्द सत्र साँझ ७ बजे पछि मात्रै सुरु हुने 

आइतवार , मंसिर १२, २०७८

काठमाडौं। एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा विहान १० बजेका लागि बोलाइएको बन्द सत्र साँझ ७ बजे मात्रै सुरु हुने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले आइतबार विहान १० बजे नै बन्दसत्रमा उपस्थित हुन आग्रह गरे अनुसार अधिकांश प्रतिनिधि समयमै बन्दसत्र सञ्चालन हुने होटल सेभेर स्टारमा पुगेको भएपनि बन्दसत्र अझै सुरु भएको छैन।

७ बजे सुरु हुने बन्दसत्रका लागि महाधिवेशन प्रतिनिधिहरुलाई खाना खाएर आउन भनिएको छ। पदाधिकारीमा सहमति जुट्न नसक्दा बन्द सत्र सुरु हुन नसकेको हो। चार नेताहरुको अनौपचारिक कार्यदलले केन्द्रीय सदस्यहरुको सूची बनाएर अध्यक्ष ओलीलाई बुझाएको छ।

पदाधिकारीमा भने अझैसम्म सहमति जुटेको छैन। सहमतिको प्रयास जारी रहेको नेताहरुले बताएका छन्। यसका लागि अझै समय चाहिने भएपछि बन्दसत्र हलमा साँझ ७ बजे मात्र बन्दसत्र सुरु हुने माइकिङ गरिएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार