शुक्रवार, आश्विन १६ गते २०८३

वरिष्ठ उपाध्यक्ष नराख्न नेम्वाङ सहमत

आइतवार , मंसिर १२, २०७८

काठमाडौं। नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने प्रस्तावमा सुवास नेम्वाङ पनि अनौपचारिक रूपमा सहमत भएका छन्। अध्यक्ष केपी शर्मा ओलीपछि आफू वरिष्ठ भएकाले ओलीपछिको दोस्रो वरिष्ठ पद आफूले पाउनुपर्ने दाबी नेम्वाङले गर्दै आएका थिए।

महासचिव ईश्वर पोखरेलले यसअघि आज दिउँसो नै वरिष्ठ उपाध्यक्ष पद राख्न नहुने बताउँदै आएका थिए। नेम्वाङले आफूलाई उक्त पदको जिम्मेवारी नदिने अवस्थामा उपाध्यक्ष पद मात्रै राख्न सहमत भएको आफू निकटस्थलाई जानकारी दिएका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार