शुक्रवार, आश्विन १६ गते २०८३

यी हुन् श्रमिक कोटाबाट निर्विरोध बनेका एमालेका ६ केन्द्रीय सदस्य 

सोमवार , मंसिर १३, २०७८

काठमाडौं। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा श्रमिक कोटाबाट ६ जना केन्द्रीय सदस्य निर्विरोध चुनिएका छन्। जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम, बाबुराम थापा, मञ्जु कुमारी थापामगर र सीता लामा सर्वसम्मत एमालेको केन्द्रीय सदस्य बनेका हुन्।

उनीहरुसहित ३०१ जना केन्द्रीय सदस्यहरुको नामावली ओलीले आइतबार रातिको बन्दसत्रमा प्रस्ताव गरेका थिए। प्रस्तावमा कोही असन्तुष्ट भए निर्वाचनमा जान आग्रह गर्दै सोमबार बिहान मनोनयन दर्ताको समय दिइएको थियो। तर निर्धारित समय अवधिभित्र ट्रेड युनियनको कोटामा अन्यको उम्मेदवारी नपरेपछि उनिहरु निर्विरोध बनेका हुन्।

एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवत्रय प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि सर्वसम्मत भएका छन्। अध्यक्षसहित अन्य पदहरुमा भने निर्वाचनको तयारी भइरहेको छ। अध्यक्षमा केपी वली र भिम रावलको उम्मेदवार िपरेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार