आइतवार, श्रावण २४ गते २०८३

नेपाली पात्र र कथामाथि निर्माण भएको ‘फोर्टिन पिक्स’ आजदेखि १९१ देशमा प्रिमियर हुँदै

सोमवार , मंसिर १३, २०७८

काठमाडौं। नेटफिल्क्सले नेपाली पात्र र कथामाथि पहिलोपटक निर्माण गरेको फिल्म ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ आज विश्व प्रिमियर हुँदैछ। फिल्म नेपाली कीर्तिमानी आरोही निर्मल पूर्जाको जीवनमाथि आधारित छ। कसरी उनले ६ महिनाभित्रै संसारका अग्ला ८ हजार मिटरमाथिका १४ हिमाल चढे भन्ने कुरा चित्रण गरिएको छ।

गतसाता काठमाडौंमा प्रिमियर गरिएको उक्त नेपाल प्रिमियरमा फिल्मले राम्रो प्रतिक्रिया बटुलेको छ। पर्यटनमन्त्री प्रेमबहादुर आलेले यो फिल्मले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमै प्रवद्र्धन गर्ने बताइसकेका छन्। ३८ वर्षअघि धौलागिरी हिमालको फेदीमा जन्मिएका म्याग्दीका पूर्जाले २०७६ बैशाख १० मा अन्नपूर्ण हिमालबाट आरोहण थालेका थिए। 

उनको प्रोजेक्ट पोसिबल अभियान ०७६ कात्तिक १२ गते चीनको सिसापांगा हिमाल आरोहण सँगै सकिएको थियो। सोही अभियानमा आधारित रहेर नेटफिल्क्सले यो फिल्म तयार पारेको हो। नेटफिल्क्सले आजदेखि १९१ मुलुकका आफ्ना २१ करोड पेड मेम्बरमाझ फिल्म स्ट्रिमिङ गर्दैछ। ‘फोर्टिन पिक्स’ दर्शकले ३१ भाषामा हेर्न सक्नेछन्।

यसबारे आफ्नो फेसबुक पेजमा जानकारी दिँदै निर्मलले खुसी व्यक्त गरेका छन्। उनले लेखेका छन्, आफुले यो अभियान सुरु गर्दा यो मान्छे कोहो भन्ने न कसैले चिन्थे, नत कसैले यो साँचो हो भन्ने विस्वास थियो, नत उसले यस्तो काम गर्छ भन्ने नै थियो, तर आज यो अभियान पुरा भएको छर यसबारे फिल्म बनेर १९१ देशमा प्रिमियर हुँदै छ। 

उनले यसबाट केहीपनि कुरा असम्भव छैन भन्ने कुराको उदाहरण दिने र मानिसकोृ जिवनमा परिवर्तन ल्याउने हुँदा फिल्म हेर्न सुझाएका छन्।
<iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FNimsPurja%2Fposts%2F445610300259138&show_text=true&width=500" width="500" height="543" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share"></iframe>

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार