काठमाडौं। आज पनि नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
आइतबार सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो। सोमबार पनि सुनको मूल्य तोलामा एक सयले घटेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय कायम गरिएको छ।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट भएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला १२२० मा कारोबार भएकोमा आज प्रतितोला १२०५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ।