काठमाडौं। नेकपा एमालेको १० औं महाधिवेशनबाट पूर्वमाओवादीबाट आएका ३ जना पदाधिकारीमा निर्वाचित भएका छन्। मंगलबार सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा रामबहादुर थापा बादल, सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्ट विजयी भएका हुन्। यससंगै पुर्व माओवादी खेमाका यी तिन नेताले एमालेको पदाधिकारीमा ठाँउ पाएका हुन्।