मंगलवार, आश्विन १३ गते २०८३

अध्यक्षमा पराजित रावलले अस्वीकार गरे केन्द्रीय सदस्य पद

मंगलवार , मंसिर १४, २०७८

काठमाडौं। नेकपा एमालेको अध्यक्षमा पराजित भएका भीम रावलले केन्द्रीय कमिटीमा बस्न अस्वीकार गरेका छन्। अध्यक्षमा उम्मेदवार बनेका रावलल मंगलबार बिहान भएको निर्वाचनमा केपी शर्मा ओलीसँग पराजित भएका थिए। नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुले मंगलबार साँझ शपथ लिएका छन्।

तर रावलले शपथ लिन मानेनन्। आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी नदिएकाले उक्त पद स्वीकार नगर्ने बताए। उपाध्यक्षमा पराजित भएका घनश्याम भुसालले भने केन्द्रीय सदस्य पदको सपथ लिएका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार