काठमाडौं। त्रिभुवन विमानस्थलमा आन्तरिक हवाइृ यात्रुका लागी निशुल्कक बस सेवा संचालनमा ल्याइएको छ। विमानस्थलको गोल्डेन गेटबाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म नि:शुल्क बस सेवाको आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बुधबार उद्घाटन गरेका छन्।
प्लेनको टिकटभन्दा ट्याक्सी भाडा महँगो भएको गुनासो आएसँगै नि:शुल्क सटल बस(माइक्रो) बस सञ्चालनमा ल्याएको पर्यटन मन्त्रालयले जनाएको छ। टर्मिनल भवनबाट गेटसम्म का लागि ३ वटा माइक्रो बस सञ्चालनमा ल्याएको छ। बुधबार बिहान टर्मिनल भवनबाट गोल्डेन गेटसम्म माइक्रोबसमा चढी सो सेवाको औपचारिक सुरुवात गरेका थिए।
यात्रुका समस्यालाई सम्बोधन गर्नका लागि सो बस सञ्चालनमा ल्याइएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताए। विमानस्थलमा सार्वजनिक सवारीको पहुँच नभएको र त्यहाँ पाइने भाडाका सवारीले चर्को मुल्य असुलेर यात्रुहरुलाई सास्ती दिएको गनासो आएपछि उड्डयनमन्त्री आले बससेवा संचालनका लागी निर्देशन दिएका थिए।