बिहिवार, कार्तिक ६ गते २०८३

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

बुधवार , मंसिर १५, २०७८

काठमाडौं। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन्। मुख्यमन्त्री शाहीको विश्वासको मत सम्वन्धि प्रस्तावमा बुधबार भएको मतदानमा उनले २२ मतसहित विश्वासको मत पाएका हुन्।

गलबार प्रदेशसभा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालको अनुपस्थितिमै बुधबार विश्वासको मत लिएका हुन्। उपस्थित २२ जना प्रदेशसभा सदस्य मध्ये उनको पक्षमा २२ मत नै खसेको थियो। 

उनले नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र राप्रपाको समर्थनमा विश्वासको मत पाएका हुन्। प्रदेशसभामा माओवादी केन्द्रका १२, काँग्रेसका ६, एकीकृत समाजवादीका २ र राप्रपाका एकजना सांसद छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार