काठमाडौं। बुधबार सेयर बजारमा आज सामान्य सुधार देखिएको छ। बजार आज ५.२८ अंकको वृद्धिसँगै नेप्से परिसूचक दुई हजार ६ सय ३३.६५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि आज ०.८९ अंकले बढेर चार सय ९६.७४ को विन्दुमा पुगेको छ। कारोबार रकम भने मंगलबारको तुलनामा घटेर पौने तीन अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने चार वटामा रातो पोतिएको छ। आज अन्य समूह सर्वाधिक ०.९५ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ०.८९ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.०९ प्रतिशत, व्यापार समूहमा ०.४३ प्रतिशत, विकास बैंक समूहमा ०.१६ प्रतिशत, जलविद्युत समूहमा ०.२३ प्रतिशत, वित्त समूहमा ०.२८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०३ प्रतिशत र लगानी समूहमा ०.१९ प्रतिशतले वृद्धि भएको छ।