शुक्रवार, आश्विन १६ गते २०८३

राष्ट्र बैंकले २५ अर्वको ट्रेजरी बिल खरिद गर्दै

बिहिवार , मंसिर १६, २०७८

नेपाल राष्ट्र बैंकले रु २५ अर्बकोे ट्रेजरी बिल ‘सोझै खरिद’ गर्नेभएको छ । बैंकले हिँजो सूचना जारी गरी आज ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो । फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिल बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले आज २ बजेसम्म बोलकबोलमा भाग लिन पाउने केन्दीय बैंकले जनाएको छ ।

बैंकले प्राप्त आवेदनका आधारमा शुक्रबार ट्रेजरी बिल खरिद गर्नेछ । राष्ट्र बैंकले प्रणालीमा तरलताको चाप पर्दा यस्ता उपकरणको निरन्तर प्रयोग गर्दै आएको छ । बैंक तथा वित्तीय सस्थाले स्थायी तरलता सुविधा, रिपोजस्ता उपकरणको प्रयोग गरिरहे पनि तरलता व्यवस्थापन सहज हुन सकेको छैन । बैंकको औषत कर्जा निक्षेप अनुपात मौद्रिक नीतिले ९० प्रतिशत हुनुपर्ने व्यवस्था गरे पनि बढेर ९० दशमलव ८५ प्रतिशत पुगेको छ । 
 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार