काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र कमजोर हुँदा राष्ट्र नै कमजोर हुने बताएका छन्। पेरिसडाँडामा आयोजित प्रदेश-२ का नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको उपलब्धि सानो प्रयासले नभएको भन्दै जनताको बाँकी रहेको हक अधिकारलाई प्राप्त गर्न संविधान संशोधन र परिमार्जनको गर्ने बताएका छन्।
उनले देशका सबैलाई समेट्नका लागि प्रधानमन्त्री हुँदा दुईपटक संशोधनको प्रस्ताव गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले रोकेका आरोप लगाए। अध्यक्ष प्रचण्डले अहिले केही नेताहरू बिग्रिएको तर जनता र कार्यकर्ता विल्कुल ठिक रहेको पनि बताए। बिग्रिएका नेताहरूले सुध्रिने संकल्प गर्ने समयसमेत आइसकेको उनको भनाइ थियो।