बिहिवार, कार्तिक ६ गते २०८३

हुम्लामा हिमपात, हवाई सेवा बन्द

बिहिवार , मंसिर १६, २०७८

काठमाडौं। सदरमुकाम सिमकोटमा आज (बिहीबार) बिहानदेखि नै लगातार पानी तथा हिमपात भएपछि चिसो अत्यधिक बढेको छ। हिमपातका कारण यस वर्ष मंसिर महिनामै चिसो बढेको छ। हिमपातबाट सदरमुकामका बासिन्दासमेत प्रभावित भएका छन्।

नेपालगञ्जबाट सिमकोट सदरमुकाम विमानस्थलमा आउने उडान पानी र हिमपातले गर्दा बन्द भएका छन्।
हिमपातका कारण लिमीका तीनवटा गाउँ जाङ, हल्जी र तिलगाउँका जनतालाई सिमकोट सदरमुकाम तथा अन्य ठाउँमा आवतजावत गर्न कठिन भएको छ।

त्यस्तै सिमकोटभन्दा माथिको उत्तरी भेगको विकास निर्माणसमेत हिमपातले अत्यधिक चिसो भएपछि प्रभावित भएको हिल्सा-सिमकोट सडक योजनाका प्रमुख विसुनदास लामाले बताए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार