सोमवार, श्रावण २५ गते २०८३

लामो समय एसीमा बस्दा यस्त समस्या हुन सक्छन् !

मंगलवार , आषाढ २९, २०७८

काठमाडौं । अहले गर्मीको समय छ । गर्मी छल्न लामो समय एसीमा बस्ने गरिन्छ । तत्काल गर्मी छल्न या त न्यानो हुन एसी प्योग गर्ने भएपनि यसकोनियमित तथा लामो समसय प्रयोगले भन ेकेही समस्या निम्त्याउँछ । 
तर एसीमा लामो समय बस्दा शरीरलाई हुने हानि नोक्सानी यस्ता छन् 

थकाइ लाग्ने वा ज्वरो आउने 
दिनभरि एसीमा बस्ने अनि काम परेपछि घरबाहिर निस्कने गर्दा चिसो र तातो जुधेर मानिसलाई थकाइ र ज्वरोको समस्याले सताउँछ ।

छाला
एसीले छालालाई पनि नोक्सान पु–याउँछ किनकि चिसो हावाका कारण छालाले प्राकृतिक आर्द्रता गुमाउँछ र सुक्खा हुन पुग्छ । 

जोर्नीमा पीडा
लामो समय एसीमा बस्दा जोर्नीहरू दुख्न थाल्छन् र बिस्तारै हड्डीको रोग लाग्छ ।

रक्तचाप र दम
लामो समय एसीमा बस्दा रक्तचाप घट्छ । त्यसैले रक्तचापको समस्या भएका मानिसले एसीबाट टाढै बस्नुपर्छ । अनि दमको समस्या भएका मानिसलाई एसीले झन् समस्या थपिदिन्छ ।

मोटोपना
एसीका कारण शरीरको तापमान कम हुन्छ र पसिना निस्कन पाउँदैन । यसबाट शरीर सक्रिय हुन नपाएर मोटोपना बढ्छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार