मंगलवार, आश्विन १३ गते २०८३

पदबहाली गर्दै एमाले अध्यक्ष ओलीले, ताजा जनादेशमा जाऔं

शुक्रवार , मंसिर १७, २०७८

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षको पदभार ग्रहण गरेका छन्। चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट अध्यक्षमा दोस्रो कार्यकालका लागी निर्वाचित भएका ओलीले शुक्रबार पार्टी कार्यालयमा पुगेर पदबहाली गरेका हुन्। उनले पदभार ग्रहण गर्दै देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न ताजा जनादेशमा जानुपर्ने बताएका छन्।  उनले ताजा जनादेशमा जानुको विकल्प नरहेको बताएका छन्। 

अदालतमा देखिएको अवस्था पाँच दलीय गठबन्धनको विसंगतिको प्रतिबिम्ब रहेको भन्दै उनले गलत फैसला गराएर अदालतको हुर्मत लिने काम गठबन्धनले गरेको आरोप लगाए। सरकारले देशको समय बर्बाद बनाइरहेको भन्दै अध्यक्ष ओलीले २८ मंसिरमा बोलाएको संसद् बैठक चल्न नसक्ने चेतावनी दिए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार