आइतवार, श्रावण २४ गते २०८३

र्‍यापर राजाकुमारी नेपालमा, नचाउनेछिन् ठमेलमा दर्शक

शुक्रवार , मंसिर १७, २०७८

काठमाडौं। इन्डियन-अमेरिकन र्‍यापर राजाकुमारी शुक्रबार नेपाल आइपुगेकी छन्। ठमेलस्थित क्लब फरेनहाइटले आयोजना गर्न लागेको कन्सर्टमा सहभागी हुन उनी नेपाल आएकी हुन्। शनिबार हुने कन्सर्टमा राजा कुमारीले दर्शकलाई हिन्दी तथा अंग्रेजी गीतमा प्रस्तुति दिने कार्यक्रम रहेको छ।

राजा कुमारी नेपाल ल्याउँदा विश्वमा नेपाल कोरोनाको कहरबाट मुक्त हुँदै गएको रहेको र नेपाल भ्रमणका लागी सुरक्षित रहेको सन्देश पुग्ने क्लब फरेनहाइटले जनाएको छ। अमेरिकन र्‍यापर विज खलिफाजस्ता चर्चित र्‍यापरसँग स्टेज शेयर गरिसकेकी उनी पछिल्लो समय ग्रामी अवार्डको छनोटमा समेत परेकी थिइन्। क्लब फरेनहाइटको कन्सर्ट लगत्तै उनी दिल्ली फर्किने कार्यक्रम रहेको बताइएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार