बिहिवार, कार्तिक ६ गते २०८३

१ लाख ८८ हजार ४ सय मात्रा मोडर्ना खोप, कसलाई लगाइने छ?

शुक्रवार , मंसिर १७, २०७८

काठमाडौं। कोभ्याक्स सुविधा अन्तरगत पहिलोपटक कोरोनाविरुद्धको मोडर्ना खोप आज नेपालमा ल्याइएको छ। आज कोभ्यास सुविधामार्फत आज १ लाख ८८ हजार ४ सय मात्रा मोडर्ना खोप आएको हो। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार उक्त खोप आज दिउँसो कतार एयरवेजबाट आएको हो।

विश्व स्वास्थ्य संगठनले मोडर्ना खोप १२ वर्षमाथिको उमेर समूहलाई लगाउन सक्ने गरी अनुमति दिइएको छ। नेपालले डब्लूएचओको नीति अनुसरण गर्ने भएकाले यो खोप पनि १२ देखि १७ वर्ष उमेर समूहलाई दिने योजना बनाइएको बताइएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार