काठमाडौं। गायिका मीना कार्कीले नयाँ गीत 'फुर्के रिबन' सार्वजनिक गरेकी छन्। गीत गायक ऋषी खड्काको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक भएको हो। गीतको भिडियोमा नायक पुष्प खड्का र गायिका तथा मोडल मीना कार्की फिचर्ड छन्। गीतमा गायक खड्का र मोडल कार्कीकै आवाज छ।
गीतमा संगीत पनि ऋषी खड्काकै रहेको छ। गीतको शब्द भने नेत्र अर्यालको रहेको छ।