काठमाडौं। भिजिबिलिटी कम भएपछि अवरुद्ध बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान सुचारु भएको छ । बिहान भिजिबिलिटी कम भएपछि प्रभावित भएको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान ११ बजेदेखी सुचारु भएको विमानस्थलले जनाएको छ ।
विमानस्थलमा रहेको टर्मिनल ड्युटी अफिस (टीडीओ) का अनुसार विहान विमानस्थल बन्द हुँदा कम्तीमा आधा दर्जन अन्तर्राष्ट्रिय उडान सिमरामाथिको आकाशमा होल्डमा परेका थिए भने दुबईबाट आउँदै गरेको फ्लाई दुबईको जहाज भारतको लखनऊ डाइभर्ट गरिएको थियो