बिहिवार, कार्तिक ६ गते २०८३

झापामा फेला परे डेङ्गुका नौ बिरामी

शनिवार , मंसिर १८, २०७८

काठमाडौं। झापा जिल्लाको दुईवटा पालिकामा नौजना डेङ्गुका बिरामी फेला परेका छन्। बिर्तामोड नगरपालिकामा पाँच र मेचीनगर नगरपालिकामा चारजना फेला परेको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ। 
मनमोहन अस्पतालका डा. सुवेश सौरवले दश दिनको अन्तरालमा अस्पतालमा १० डेङ्गु रोगीको उपचार भएको जानकारी दिए।

हाल उनीहरू बिर्तामोडस्थित बिर्तासिटी हस्पिटल र मनमोहन अस्पतालमा उपचारपछि घर फर्किएका छन्।
बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका डेङ्गु रोग फोकल पर्सन तुलसी पोखरेलका अनुसार वडा नम्बर ४ को रमाइलो टोलस्थित सिद्धार्थ होटल आसपास क्षेत्रमा बढी डेङ्गुको सङ्क्रमण देखिएको छ।

उनले विशेषगरी विभिन्न क्षेत्रमा काम गर्ने मजदुरमा डेङ्गुको सङ्क्रमण देखिएको बताए। डेङ्गु रोगी देखिएलगत्तै घरदैलोमार्फत नगर क्षेत्रमा डेङ्गु रोग लाग्ने लार्भा फेला नष्ट गर्ने अभियानमा स्वास्थकर्मी र जनप्रतिनिधि सक्रिय रूपमा लागिपरेको बताए।

मेचीनगर नगरपालिकाको वडा नम्बर १०, ६ र ८ मा मात्र चारजना डेङ्गुका बिरामी फेला परेका छन्। उनले विगतमा भदौ असोज महिनामा मात्र देखिने यो रोग यसपालि मङ्सिरमा बढी देखिएको बताए। पालिकाको स्वास्थ्य शाखाकी डेङ्गु फोकल पर्सन सविता सापकोटाले सङ्क्रमित देखिएसँगै नगरपालिकाले डेङ्गु रोग नियन्त्रण तथा रोकथामका लागि सचेतनासहितको अभियान धमाधम गरिरहेको बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार