बिहिवार, कार्तिक ६ गते २०८३

इच्छाराजले बुझ्थे मासिक आठ लाख बढी पारिश्रमिक, कर्मचारीलाई भने महिनौं बेतलबी 

शनिवार , मंसिर १८, २०७८

काठमाडौं। सिभिल डेभिड एण्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष इच्छाराज तामाङले मासिक ८ लाखसम्म तलब बुझ्ने गरेको खुलेको छ। तामाङले सहकारी संस्थाबाट मासिक ५ लाख र अन्य कम्पनीबाट मासिक ३ लाख रुपैयाँ तलब लिने गरेको पाइएको हो।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को सहयोगमा सरकारी वकिलको कार्यालयले तयार पारेको अभियोग पत्रमा बयान लिनेक्रममा यस्तो खुलेको हो। तर, सहकारी संस्थामै काम गर्ने कर्मचारीहरूले भने ६ महिनासम्म बेतलबी काम गरेको बताएका छन्।

सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठले अभियोग पत्रमा बयान दिँदै भने, ‘इच्छाराज तामाङले सहकारी संस्थाबाट बैठक भत्ताबाहेक मासिक पाँच लाख रुपैयाँ पारिश्रमिक लिने गरेका छन्। साथै सिभिल ग्रुप अन्तर्गतको अन्य कम्पनीबाट मासिक तीन लाख पारिश्रमिक लिने गरेका छन्।

अध्यक्ष श्रेष्ठले दिएको बयानले सयौँ बचतकर्ताको अर्बौँ रकम ठग्ने इच्छाराजले आफूले पारिश्रमिकबापत मोटो रकम लिने गरेको पुष्टि भएको छ। बैठक भत्ताबाहेक नै मासिक आठ लाख पारिश्रमिक लिने इच्छाराजले आफ्ना कर्मचारीलाई भने ६ महिनासम्म बेतलबी काममा लगाएको पाइएको छ।  

२८४ पृष्ट लामो अभियोग पत्रमा बयान दिँदै सहकारी संस्थाका लेखा अधिकृत राकेश महर्जनले ६ महिनादेखि तलब नपाएको बताएका छन्। सरकारी वकिलको कार्यालयलाई बयान दिँदै उनले भने, ‘सहकारी संस्थाको लेखा अधिकृतमा रहँदा मैले ठगी गरेको छैन। बरु उल्टै ६ महिनासम्म बेतलबी श्रम गरेको छु।’यो बयानले इच्छाराजले आफ्ना बचतकर्तालाई मात्र नभई कर्मचारीलाई पनि ठग्दै आएको देखिएको छ। उनको ठगी गर्ने हकर्तबाट कर्मचारी समेत अछुतो रहेको पाइएको हो।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार