काठमाडौं। बाजुराको बडिमालिका नगरपालिका-८ मा पर्ने थुवाकाँधमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सदरमुकाम मार्तडीदेखि जडाङगा जाँदै गरेको अटो आज साढे ५ बजे दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार उक्त दुर्घटनामा दुई जना घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ। घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। अटो चालक भने फरार रहेको प्रहरीले जनाएको छ। अटो सडकबाट करिब दुई सय मिटर तल बूढीगङ्गा नदीको किनारामा खसेको जानकारी दिइएको छ।