बिहिवार, आश्विन १५ गते २०८३

भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावत सवार हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

बुधवार , मंसिर २२, २०७८

काठमाडौं। भारतको तमिलनाडुको कुन्नुरको जंगलमा बुधबार सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ। घना जंगलमा भएको दुर्घटनापछि हेलिकप्टरमा आगलागी भएको थियो। यसमा चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, उनकी पत्नी मधुलिका समेत सेनाका १४ अफिसर सवार थिए।

हालसम्म ४ जनाको शव बरामद भएको छ। शव नराम्रोसँग जलेको अवस्थामा भेटिएको  समाचारमा जनाइएको छ। तीन जना घाइतेलाई अस्पताल लगिएको डीडी न्युजलाई उद्धृत गर्दै बीबीसी हिन्दीले उल्लेख गरेको छ। रावतलाई भने गम्भीर हालतमा वेलिङटन सैन्य अस्पताल लगिएको बताइएको छ।

उनको स्थितिबारे थप जानकारी दिइएको छैन। वायु सेनाले घटनाको कारण पत्ता लगाउन जाँचको आदेश दिएको छ । अल इन्डिया रेडियोका अनुसार रक्षामन्त्री राजनाथ सिंहले घटनाबारे संसद्लाई जानकारी दिनेछन् । रावत सन् २०२० जनवरी १ मा देशको पहिलो चिफ अफ डिफेन्स स्टाफ नियुक्त भएका थिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार